Tuesday, December 13, 2011

मैले देखेको आकाश

अस्ताउँदो सुर्य, डांडामाथि निशा देखिएको छ
शुन्य म, आँखा टट्याउने गरि एकोहोरिएको छु
म घाम जस्तै डुब्दै छु, निशासंगै बिलाउदैं छु
मेरो सपना, मेरो अकांक्षा, मेरो लक्ष्य अस्ताउदै छ ।

त्यो समय,
म उराठलाग्दो घाममा पनि रमाएको थिएँ
झरी, बादल अनि वर्षामा पनि रमाएको थिएँ
स्वन्तन्त्र, निश्चल र निस्कपट हाँसो हाँस्थे
ऊ त्यो चरी झैं, खुला आकाशको छत मुनि ।

आज समय फेरियो,
घाम छ, दिक्क छ, झरी छ, दिक्क छु
घाम बेहोर्छु, झरी सहन्छु, मन सम्हाल्छु
पुरानो सपनाका थोत्रा पन्नाहरु पल्टाउछु
भक्कानिन्छु, रुन्छु, चिच्चाउछू एकै शब्द ह़ाआ...

घाम अस्तायो,
आकाश बादलले ढपक्कै ढाकेको छ
मडारिएका बादलझैं मन बेचैन छ
फर्कन्छु आफ्नै थलो, झिनो आशा बोकेर
आज पानि पर्छ, भोलि त खुला आकाश हुन्छ ।।।
सुवास बस्ताकोटी  
e-mail:- me_smell @hotmail.com

Monday, December 12, 2011

जिन्दगीको पारीभाषा

प्रकाश सुबेदी "खाम्दोङे"

नशा प्याला ब्यभिचारमा रम्छ पनि जिन्दगी यो
नरक स्वर्ग धाम बगर डुल्छ पनि जिन्दगी यो
उकाली र ओरालीमा कुदी हिंड्ने जिन्दगी यो
एक मुट्ठी सासको भरमा बन्दगी छ जिन्दगी यो ।

पिउनु जिउनु, जिउनु पिउनु अर्कै पारा जिन्दगीको
बैस फुर्ती हिंड्दै जाँदा हुन्छ धारा जिन्दगीको
रम्नु गम्नु मिठो बोल्नु नाफै नाफा जिन्दगीको
फुर्ती हाँसो स्वास्थय सबै पराग न हो जिन्दगीको ।

कर्कलाको पानी जस्तै पोखिजाने जिन्दगीलाई
मानवताको पृष्‍ठ भरी सजाउ हामी जिन्दगीलाई
भुल्न हुन्न गुरुदान सफल पार्ने जिन्दगीलाई
सभ्य बाँच्दै स्वर्ग जाने बाटो खनौ जिन्दगीलाई ।

Sunday, December 11, 2011

~~~~~~ गीत ~~~~~~

देव नारायण शर्मा (बस्ताकोटी), सिक्किम ।

स्वागत छ है दिल चोरी लानेलाई
लहै बिदा दिल फोरी जानेलाई ।

सँगै बाँच्ने सँगै मर्ने हाम्ले कसम खा' को
एउटै मुटू सम्झी मैले औधी माया ला' को
मन्दिर खुल्ला छ कसम खानेलाई
लहै बिदा दिल फोरी जानेलाई ।

जिन्दगीमा पैलोपटक कस्तो बिस्मत भा' को
तिम्लाई पाउन सधैंभरी मेला बजार धा' को
सेवा ढोग छ सब गुम्बा मानेलाई
लहै बिदा दिल फोरी जानेलाई ।

अस्ती भर्खर तिम्रो पत्र मेरो नाममा आ' को
थाहा पाँए त्यती बेला अर्कैको साथ गा' को
यो साथ मेरो केवल तीन पानेलाई
लहै बिदा दिल फोरी जानेलाई ।

स्वागत छ है दिल चोरी लानेलाई
लहै बिदा दिल फोरी जानेलाई ।

काव्य रस .....

देव नारायण शर्मा (बस्ताकोटी), सिक्किम ।

काव्यरसको सुधापान भिन्न हुन्छ साथी
कविताको मात पनि भिन्न हुन्छ साथी ।

आज पियो मदिरा त भोली छोडि दिन्छ
काव्य मात लागे सधै टिन्न हुन्छ साथी ।

खल्ती भरी पैसा भए सबै कुरा मिल्छ
लाखै भए,भाव कहाँ किन्न हुन्छ साथी ?

लेख्ने पढ्ने घट्दैगए काव्य कहाँ खिल्छ
सम्झीदानै अझ मनै खिन्न हुन्छ साथी ।

खै के भयो मलाई

सुवास बस्ताकोटी
मौसम चिसो छ, मन पोलिरहेछ
खै किन हो आज भोलि
आफन्त छन्, साथी भाई छन्
तैपनि एक्लो झैं लाग्छ आज भोलि !!
मुटु घाइते झैँ छ र त चस्कन्छ हरक्षण
मन उडी जान्छ, खै कता कता
दोसाँधमा उभिएको भान हुन्छ
किन मन छ दोमन आज भोलि ?

पीडा नभएर पनि मन दुखी झैँ छ
रुन परेली रुझाउनै पर्छ भन्ने छैन
हासेको मात्र देख्छन सबैले याहाँ
मन बुझ्ने कोहि छैनन् आज भोलि
!!

चोट नहुदा पनि घाऊ देखिन्छ
पीडा बेगर हृदय चिच्याउछ
खै के भयो मलाई यस्तो

नया कून रोग लाग्यो मलाई आजभोली !!

Thursday, December 8, 2011

बैमानस्यता

देव नारायण बस्ताकोटि,  शर्मा, सिक्किम ।

निस्तब्दताको कोलाहलमा
बिश्रिन्खलित श्रिंखलाहरु
क्रमस लाग्दै र भात्किने गर्दछन
राजतन्त्रताकै प्रजातन्त्रतमा
पराधिनताकै स्वतन्त्रताहरु
आसुँ बगाइ हास्ने गर्दछन
बैमानस्यताकै एकतामा पनि
जातिबादका अभिन्न मित्रहरु
मिल्दै जुल्दै कुस्ती खेल्दछन।


कर्तव्यपरायन कर्णधारहरु
दुस्कर्मिका आक्रोसमा परि
मानवाधिकारका यत्नहरु झेल्दछन
सत्यका आडम्बरहरु
असत्यका यथर्थहरु सँगै
घोक्रो तानेर कुर्लन्छन
नितिबाद भित्र जन्मिएका
विविध अनैतीकताहरु पनि
यसरिनै प्रतिपल उर्लिन्छन।

अस्मन्जस्यका द्ढ सन्कल्पहरु
प्रतिपल तोडिने प्रणहरु देख्दा
किन्कर्तव्यबिमुड भैइ हाँस्दाछन
उडिजाने अचल सम्पत्तिहरु
अमर जीवनका क्षणिक व्यक्तित्वहरु
यसरिनै कैयौ पटक मर्दै बाच्दछन
यसरिनै कैयौ पटक मर्दै बाच्दछन
यसरिनै कैयौ पटक मर्दै बाच्दछन।

Sunday, December 4, 2011

थाम्नै सकिन जाडो

चन्द्रश्वर बस्ताकोटी, कास्कीकोट-८, कास्की हाल जोमसोम-८, मुस्ताङ
बेग बेगमा हावा चल्यो छुनै सकेन मन
झर्यो आसु, काप्यो सरिर के भयो आझ यो तन
पुष माघको यो जाडो, धान्नै  सकिन यो मन
तातोपानी पिउछु भनेको त छुनै सकिन झन
जोडजोडले उत्तरी हावा आउदा थाम्नै सकिन
प्रकृतिको स्वाभाविक नियम बिरुद्ध बोल्नै सकिन
जाडो भयो थरथर काप्यो मुटु, के गरौ न भन् ?
हिउपरे पछि अझ कस्तो होला ? आफै सोच झन्
बुडाबुढी गाऊ नै छाडी  सबै बेसी झरे, गाऊ त सबै खाली
बेसी तिर व्यापार गर्छन, गाऊ गाऊमा बोकी डाली
बुद्धधर्म मानछन् यहाँ हिन्दुहरुका तिर्थ स्थल धेरै
मुक्तिनाथको दर्सन गर्न आए यसै पाली साथीहरु मेरै
चिसो पानीमा नुहाउदा तेसै तेसै गारो
मान्दैनन हिन्दुहरु जे जस्तो भए नि सारो
गाऊ गाऊमा धेरै छन् नि छोर्तेन अनि गुम्बा
यही छ नि कस्तो राम्रो सुन्दर ताल धुम्बा
आउछन् यहाँ कहाँ देखि नुहाउन दामोदर कुण्ड
लोभयाएकोछ प्रकृतिले, आउछन् पर्यटक झुण्ड झुण्ड
यो  बेलामा त
केहि समयका लागि जानै पर्छहोला चाडो

जलेरै गयो अधुरो जिन्दगी

चन्द्रश्वर बस्ताकोटी, कास्कीकोट-८, कास्की, हाल जोमसोम , मुस्तांग
मरी लानु के नै छ र ? खुसीमै जिउँछु जिन्दगी !
खुसी रोप्दा मनभरी, दुखका बह दिलायो जिन्दगी !!
जिउँदै मारे जस्तो भाथ्यो, अन्तत जलेरै गयो जिन्दगी !
अबश्य ढल्नु नै थियो, आजै ढली गयो जिन्दगी !
जिउँदै मारे जस्तो भाथ्यो, अन्तत जलेरै गयो जिन्दगी !!
छिन छिनमा ठेस लाग्ने कस्तो मेरो जिन्दगी !
मनभरी पिडा दिने कस्तो गलायो मेरो जिन्दगी !!
जिउँदै मारे जस्तो भाथ्यो, अन्तत जलेरै गयो जिन्दगी !!
आफ्नै पहिचान आफै सामु हरायथ्यो मेरो जिन्दगी !
झुटो अनि स्वार्थी संसारले भुलायो मेरो जिन्दगी !
जिउँदै मारे जस्तो भाथ्यो, अन्तत बिलिन भएरै गयो जिन्दगी !!
यात्रा धेरै छ भन्ने सोच्या थिय जिन्दगी !
गन्तव्यमा पुग्नै नपाइ बिचैमा थला परयो जिन्दगी !!
जिउँदै मारे जस्तो भाथ्यो, अन्तत नामेट भएरै गयो जिन्दगी !!
अबश्य ढल्नु नै थियो, आजै ढली गयो जिन्दगी !
जिउँदै मारे जस्तो भाथ्यो, अन्तत जलेरै गयो जिन्दगी !!

Thursday, December 1, 2011

धेरै याद आको

चन्द्रश्वर बस्ताकोटी, जोमसोम, मुस्तांग  

आज् मलाईकिन किन  मेरो देशको धेरै धेरै याद आको  । 
उच्च हिमाली क्षेत्रका ठु-ठुला चौर अनि सेता हिमालको । 
चौरीको दुधसग फापरको रोटि अनि मार्फाली साग बतासे डाडामा खाको । 
धौलागिरी बेसक्याम्प जादा  टुकुचेबासि अनि प्रकृतिसग  माया लाको 
घीन्टिको स्वाद त्यो मिठो मासु धेरै स्वाद लिई सबैसग खाको  ।
पदयात्रीको सुबिधाका लागि तेस्तो ठाउँमा पनि विकास थोरै थोरै भाको ।
एक्यापका साथी टुक्चेबासी मिलेर उकालो चडी रमाई रमाई गाको ।
धौलागिरि बेसक्याम हुदै आउनेलाई खानेपानीको ब्यबस्ता पनि भाको।
बतासे डाडामा पनि घर बनाएर पर्यटकलाई सहयोग पनि धेरै धेरै भाको।
पदयात्रीले बाटो नभुलूंन भनि ठाउँ ठाउँमा सेता सेता पिल्लर बनाउन पनि भ्याको।

Saturday, November 26, 2011

समयले टाढा बनाइदियो

Add caption

न्द्रश्वर बस्ताकोटी

जोमसोम, मुस्तांग, नेपाल


समयले टाढा बनाइदियो हेर्दा हेर्दै
अँग अँगहरुमा चलखेल गर्न नपाउदै

मायाको बैश जुरमुराउन नपाउदै

बिछोड बनाइ दियो टेक्न नपाउदै

हामी भित्रको रुप देखिन नपाउदै

मिठो माया आपसमा लेख्न नपाउदै

रोपेको  कोपीला मलजल गर्दा  गर्दै

लटरम्म फुली मनभित्र छेक्न नपाउदै

हामी बीचको ओलौकिक रुप हेर्न नपाउदै

हामी बिचको मिठो माया साट्न  नपाउदै

Thursday, November 24, 2011

बाजेको पालाको जुत्ता


धिराज बस्तकोटी, खाम्दोङ, सिक्किम

धिराज बस्तकोटी, खाम्दोङ सिक्किम


बाजेको पालाको जुत्ता
आज मेरोमा आएको छ
"सेन्चुरी" नाघेर आएको
बाबुको जीवनी पनि खाएको
आज मेरोमा आएको छ ।


बाजेले जमिन बेचेर किनेको रे
महाजनले लाएको जुत्ता
पहाड पर्बत खोला नाला
सबै खाँदै आएको रे
बाजेको सेखपछी यो
बाबुले तेसै पाएको रे ।


बाबुले यो जुत्त्ता बाउको भनी
फाटुनजेल लाएका रे
शहर गाई मोचि कहाँ
धेरै खेप सिलाएका रे
घोर्ले खसी बेचेको पैसा
त्यो जुत्तामा लाए रे ।


आज यो जुत्ता मेरोमा छ
म पनी यो जुत्ता लाउने छु
फाटुन्जेल लाउनेछु भन्नु सक्दिन
तेसै पनि यो जुत्ता म राख्दिन
जुत्ताको हालत खराब छ
कसरी लाउनु यो धराप छ ।


जुत्ता भने नाम मात्र छ
जुत्ताको आक्रिती हराइ सक्यो
ठुटा हो कि यो जुत्ता हो
छुट्याउन अब गार्हो छ
लाउन नसक्ने भएको छ
पन्द्र किलो नि नाघेको छ ।


यो जुत्ता अमेरिका पुर्यौ कि
कतै मेरो भाग्य खोलिन्छ कि
गिनिस बुक मा नाम दर्ता हुन्छ कि
रिकर्ड को लागि कतै चुन्छ कि
तब त जुत्ताको नाम प्रसिध हुनेछ
तब म पनि प्रसिद्ध हुन्छु कि ??

Wednesday, November 23, 2011

को हौ तिमी ???

-देव नारायण शर्मा, खाम्दोङ सिक्किम


-देव नारायण शर्मा, खाम्दोङ सिक्किम

बलत्कार र आतंक माझमा
भ्रस्टचार र हिंसक सांझमा
अत्याचार बड्दा देशमा
ताली ठोक्ने को हौ तिमी ???

पिउने पानी अभाव हुँदा
तिर्खा मेट्न नपाई रुँदा
पाँच तारे होटेल तिर
झोल धोक्ने को हौ तिमी ???

महंगी र भाउ बड्दा
थोकको मुल्य उँभो चड्दा
अन्धाधुन्ध नियम बनाइ
कर तोक्ने को हौ तिमी ???

देशमा बम र बारुद फुट्दा
बिदेशिले इज्जत लुट्दा
सुरक्षा को घेरा बाट
चम्पट ठोक्ने को हौ तिमी ??



Tuesday, November 22, 2011

सक्छौ तिमी

ॠषिका खरेल, मादरीहाट, पश्चिम बंगाल 

ॠषिका खरेल, मादरीहाट पश्चिम बंगाल 
मेरा शब्दहरुमा
श्रृङ्गार भर्न सक्छौ तिमी।
उसको चित्रहरुमा 
रंग भर्न सक्छौ तिमी।

तर प्रकृतिमा परिवर्तन ल्याउन
सक्दैनौ तिमी!
मेरा खुशीहरुमा
रमाउन सक्छौ तिमी,
उसको दुखाइहरुमा
सम्वेदनाका हाथले छुन सक्छौ तिमी-
तर कसैको भाग्य बनाउन सक्दैनौ तिमी

व्यवस्थामा सुधार ल्याउछौ तिमी,
सुरक्षाको कवच ओड़ाउँछौ तिमी
तर कसैको भाग्य लेख्न
असक्षम तिमी।

भविष्यद्रष्टा,बन्न सक्दैनौ तिमी।
डुब्नेलाई किनार दिन
सक्छौ तिमी,
हार्नेहरुलाई जीतको लक्ष्य
दिन सक्छौ तिमी;
तर मृत्यूलाई बाँध बाँध्न
सक्दैनौ तिमी,
किन कि भगवान होइनौ तिमी

गुराँस समयमा फुल्ने गर्छ
पैयुँ र आरु फुल्न
भुल्दैन कहिल्यै
फूलहरुमा रंग र सुगन्ध
दिन सक्दैनौ
ऋतु बन्न सक्दैनौ तिमी!

विपनाका हर पलहरुको
स्वीकारोक्ति दिन्छौ तिमी
कसैको सपना किन्न असमर्थ छौ
जीवन जिउने आख्यानहरु
बुझाउँछौ तिमी
भावनाको अभिव्यञ्जना दिन्छौ तिमी
तर पनि नियति बन्न
सक्दैनौ तिमी    

Monday, November 21, 2011

प्रकृतिको उपहार .... गजल

देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम


देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम
झल्किन्छ यो हिमाल बिहानिपखामा सौन्दर्यको धुपमा
उर्लिन्छ्न अविरल यी टिस्टा कनखा आदर्शको रुपमा
फुल्दा चाँप गुराँस सुगन्धित भए डाँडा पाखाहरु
डाँफे कोयलको कुहुकुहु यहाँ गुन्जिंछन भाकाहरु .

वर्षायाम छँदा यी बादलहरु फैलिन्छ्न रुवा सरि
गर्जिन्छ यो आकाश भयङ्कर गरि पार्दै सबैमा झरी
कस्तोहो यो पहाड सुरम्य जगको भंचन यी नानीहरु
फर्किन्न बरु बस्दछु यतै भन्छन सैलानिहरु

आशुका झरीहरु .. गजल

देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम

देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम
अनायसै झर्ने आँसु रोक्न कैले सकिन्छ
बग्न देउ आँसुलाई किमत यस्को केनै

पिउनपनि सकिननि ब्यर्थै कोशीस मात्र गरें
भो भो भन्नु पनि छैन नगर है कुनै कर

निर्मल छैनौ पानी भन्दा नुनको ढिका तिम्रो घर
पानी भन्दा चोखो भए लाग्ने थियो तिम्रो भर

शितल छैनौ निर्मल छैनौ दर्दमानै बस्छौ तिमी
नाता गासौं कसरी हुँदै जाउ पर पर

आफ्नु कथा मनको ब्यथा सबै समेटेर
वर्सायमको झरी बनी रुझाउंदै तिमी झर

प्रिय मैले तिमीलाई..............


देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम
देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम

प्रिय मैले तिमीलाई चिन्न सकिन छु
तिमी सँग सँगै हिड्न सकिन छु।

हप्तै पिच्छे तिमी नयाँ लुगा सिउदी रइछौ
बार डिस्को जाँदा सधैं बियर पिउदी रइछौ।
यही मूड्मा तिमी नाच्दा दंगै परे
छत्तिस लक्षण तिम्रो देख्दा छागाबाट झरे।
प्रिय मैले तिमीलाई.....................

मेला बजार घुम्न हामी एकै साथ गा' को
तिमी पार्लर पस्ने हुँदा छुट्टा छुट्टै भा' को
तिमी चाँही पार्लर सकी डाइस खेल्न गा' को
सौदा बोकी धुस्रै फुस्रै चै फर्की ' को।
प्रिय मैले तिमीलाई.....................

कोदो रोप्न ढुङे बारी जानु पर्ने हुँदा
तिमीपनी जानलाई हत्ते हाली रुँदा
गैयो क्यात बाटोमा नै तिम्रो सेन्डल अर्ड्क्यो
८० केजी वजन लड्दा खुट्टा टुवाक्क पर्ड्क्यो
प्रिय मैले तिमीलाई.....................

यतीले नै दुई महिना अस्पताल् धाएँ
हर्लिस बिस्कुट अनेक सुप तिमीलाई ख्वाएँ
दिन दिनै तिम्रो स्वास्थ धेरै राम्रो भयो
छुट्टी दीए डाक्टर पनि आपिस तिर गयो
प्रिय मैले तिमीलाई.....................

अस्पतालको बिदा कागज मैले ठीक्क पारें
हात समाइ तिमीलाई ढोकासम्म झारें
दुई महिनामा ढोका सानु तिमी ठुलो भईछौ
तिमी फेरी डाइट गर्दै अस्पातलमै बस्ने भाईछौ
प्रिय मैले तिमीलाई..................

यी पर्खालहरु ......

देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम

देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम
पर्खालहरु ......
समयसगैं लाग्दै भत्कंदै जाने
शिशिरको जाडोमा कठ्याग्रिदै
बर्षाको बर्षामा रुझ्दै भिज्दै
ग्रिष्मको घाम बादल राप अनी ताप
सययको अविरल चपेटमा दिनदिनै
जीर्ण भै कम्जोर हुंदैजाने
यी पर्खालहरु ......

समय साक्षी यहाँ
यथार्थ मस्किदैछ
कोही अमर छैन यहाँ
त्यसैले सर्वव्यपी बिकासको निम्ति
प्रत्येक समाजको पुन: निर्माणको निम्ति
समय सँगसगै तोदिनै पर्छ
यी पर्खालहरु ......

खै यी परम्परागत परम्परालाई
बँचाइरख्दा बिकास होला ?
थोत्रीएका लोकाचार
अन्धबिश्वासको निकास होला ?
सठिक असलको सुरक्षा गर्दै
के नमास्नु .......
यी पर्खालहरु ??????

परिवर्तन नभएको होइन यहाँ
समय सापेक्ष काम भईरहेछ
राजा महाराजाका पनि पर्खाल तोडिए
अङ्रग्रेजका छोडि नयाँ नीयम जोडीए
यसैले समच्क्षे समताले समाएको समाज बनाउनलाई
तोड्नै पर्ला कैयन यी पर्खालहरु ......
तोड्नै पर्ला कैयन यी पर्खालहरु .....

Friday, November 18, 2011

स्वाभिमान

देव नारायण शर्मा

देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम
मलाई त मेरो देशको असिम र अगाध माया थियो
जहा कला र सभ्य सूकृतिकोसदैव शितल छाया थियो ।
यो हिमाल, भीर, पहाड, मधेश बीच मेरो देश हास्दथ्यो ।
हिमालयको शिर झै उचा स्वाभिमानले बाच्दथ्यो ।

तर आज यो देलाई हजारौ बिदेशी कंपनीले लुटदैछन,
यो देशलाई भित्र भित्र बिदेशी कुट्नितिज्ञले भुटदैछन ।
छयान्द्रा छ्यान्द्रा पारी सकेयो देशको स्वाभिमानलाई
कुल्चिएर पाउमुनि दवाईसके हाम्रो अभिमानलाई ।

बिदेशी बस्तुले भरिसके आज हाम्रा घरहरु
बिदेशी ढाचामा बनिसके आजहाम्रा शहरहरु ।
खै त हाम्रो स्वालम्वन ? खै त हाम्रो स्वाभिमान ?
के को गर्नु सम्भाषण ?के को अभिमान ?

बिदेशी पुजी निवेषले बिदेशमै पैसा गै सक्यो
बिदेशीले घरै बसी बसी हाम्रो सारा पैसा खाइसक्यो ।
Adidas र Nike  छोड अब हाम्रा मोची भोकै छन
coke र pepsi छोड अब दहि महि हाम्रा तिर्खाएका छन ।

धेरै लुटिएका छौ हामी अब जागरुक बनौ ।
बिदेशी बस्तुको बहिस्कार गरि स्वाभिमानी हामी बनौ ।
स्वाभिमानको अभियानमा हामी सबै लागि परौ ।
बाचौ त स्वालम्वन स्वाभिमानले नत्र मर्नै परे सबै मरौ ।

मलाई त अझ सम्म मेरो देशको माया छ ।
जहा कला र सभ्य सस्कृतिको सदैव शितल छाया छ ।
यो हिमाल, भीर, पहाड, मधेश बीच मेरो देश हास्न सकोस ।
हिमालयको शिर झै उचा स्वाभिमानले बाच्न सकोस ।
— देव नारायण शर्मा बस्ताकोटी, खाम्दो, सिक्किम

Thursday, October 27, 2011

सप्तरंगी तिहार.... सुभकामना ..

चन्द्रश्वर बस्ताकोटी

कास्कीकोट -८ कास्की हाल जोमसोम, मुस्तां
सप्तरंगी टीका अनि मखमली माला
खुशी सबै हिन्दुहरु तिहारमा सारा

दिदि बहिनि दाजुभाई सम्झे जस्तो छ

मिलनका क्षणहरु आए जस्तो
तिहारले नौलो माया लाए जस्तो

दिपावलीले घरै तिर बोलाए जस्तो छ
उज्यालो र रंगिन बन्न लागे जस्तो छ

सयपत्री, मखमलीका माला बुन्न लागे जस्तो छ

देउसी, भैलोको गति गाए जस्तो
मिलनका क्षणहरु आए जस्तो
तेलको घेरा वरीपरी बसी रंगिन टिका लाए जस्तो छ
गतका वर्ष ओखरफोरी लामो आयु पाए जस्तो छ

यो वर्ष त खाली निधार, सबैलाई सम्झी सम्झी बसे जस्तो छ

मैले टिका नलगाए पनि सबै सबैलाई सुभकामना छ