Tuesday, December 13, 2011

मैले देखेको आकाश

अस्ताउँदो सुर्य, डांडामाथि निशा देखिएको छ
शुन्य म, आँखा टट्याउने गरि एकोहोरिएको छु
म घाम जस्तै डुब्दै छु, निशासंगै बिलाउदैं छु
मेरो सपना, मेरो अकांक्षा, मेरो लक्ष्य अस्ताउदै छ ।

त्यो समय,
म उराठलाग्दो घाममा पनि रमाएको थिएँ
झरी, बादल अनि वर्षामा पनि रमाएको थिएँ
स्वन्तन्त्र, निश्चल र निस्कपट हाँसो हाँस्थे
ऊ त्यो चरी झैं, खुला आकाशको छत मुनि ।

आज समय फेरियो,
घाम छ, दिक्क छ, झरी छ, दिक्क छु
घाम बेहोर्छु, झरी सहन्छु, मन सम्हाल्छु
पुरानो सपनाका थोत्रा पन्नाहरु पल्टाउछु
भक्कानिन्छु, रुन्छु, चिच्चाउछू एकै शब्द ह़ाआ...

घाम अस्तायो,
आकाश बादलले ढपक्कै ढाकेको छ
मडारिएका बादलझैं मन बेचैन छ
फर्कन्छु आफ्नै थलो, झिनो आशा बोकेर
आज पानि पर्छ, भोलि त खुला आकाश हुन्छ ।।।
सुवास बस्ताकोटी  
e-mail:- me_smell @hotmail.com

No comments:

Post a Comment