![]() |
देव नारायण शर्मा |
— देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम
मलाई त मेरो देशको असिम र अगाध माया थियोजहा कला र सभ्य सूकृतिकोसदैव शितल छाया थियो ।
यो हिमाल, भीर, पहाड, मधेश बीच मेरो देश हास्दथ्यो ।
हिमालयको शिर झै उचा स्वाभिमानले बाच्दथ्यो ।
तर आज यो देलाई हजारौ बिदेशी कंपनीले लुटदैछन,
यो देशलाई भित्र भित्र बिदेशी कुट्नितिज्ञले भुटदैछन ।
छयान्द्रा छ्यान्द्रा पारी सकेयो देशको स्वाभिमानलाई
कुल्चिएर पाउमुनि दवाईसके हाम्रो अभिमानलाई ।
बिदेशी बस्तुले भरिसके आज हाम्रा घरहरु
बिदेशी ढाचामा बनिसके आजहाम्रा शहरहरु ।
खै त हाम्रो स्वालम्वन ? खै त हाम्रो स्वाभिमान ?
के को गर्नु सम्भाषण ?के को अभिमान ?
बिदेशी पुजी निवेषले बिदेशमै पैसा गै सक्यो
बिदेशीले घरै बसी बसी हाम्रो सारा पैसा खाइसक्यो ।
Adidas र Nike छोड अब हाम्रा मोची भोकै छन
coke र pepsi छोड अब दहि महि हाम्रा तिर्खाएका छन ।
धेरै लुटिएका छौ हामी अब जागरुक बनौ ।
बिदेशी बस्तुको बहिस्कार गरि स्वाभिमानी हामी बनौ ।
स्वाभिमानको अभियानमा हामी सबै लागि परौ ।
बाचौ त स्वालम्वन स्वाभिमानले नत्र मर्नै परे सबै मरौ ।
मलाई त अझ सम्म मेरो देशको माया छ ।
जहा कला र सभ्य सस्कृतिको सदैव शितल छाया छ ।
यो हिमाल, भीर, पहाड, मधेश बीच मेरो देश हास्न सकोस ।
हिमालयको शिर झै उचा स्वाभिमानले बाच्न सकोस ।
— देव नारायण शर्मा बस्ताकोटी, खाम्दो, सिक्किम
No comments:
Post a Comment