![]() |
— देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम |
— देव नारायण शर्मा बस्ताकोटी, खामदोङ, सिक्किम
पर्खालहरु ......
समयसगैं लाग्दै र भत्कंदै जाने
शिशिरको जाडोमा कठ्याग्रिदै
बर्षाको बर्षामा रुझ्दै भिज्दै
ग्रिष्मको घाम बादल राप अनी ताप
सययको अविरल चपेटमा दिनदिनै
जीर्ण भै कम्जोर हुंदैजाने
यी पर्खालहरु ......
समय साक्षी छ यहाँ
यथार्थ मस्किदैछ
कोही अमर छैन यहाँ
त्यसैले सर्वव्यपी बिकासको निम्ति
प्रत्येक समाजको पुन: निर्माणको निम्ति
समय सँगसगै तोदिनै पर्छ
यी पर्खालहरु ......
खै यी परम्परागत परम्परालाई
बँचाइरख्दा बिकास होला ?
थोत्रीएका लोकाचार र
अन्धबिश्वासको निकास होला ?
सठिक र असलको सुरक्षा गर्दै
के नमास्नु त .......
यी पर्खालहरु ??????
परिवर्तन नभएको होइन यहाँ
समय सापेक्ष काम भईरहेछ
राजा महाराजाका पनि पर्खाल तोडिए
अङ्रग्रेजका छोडि नयाँ नीयम जोडीए
यसैले समच्क्षे समताले समाएको समाज बनाउनलाई
तोड्नै पर्ला कैयन यी पर्खालहरु ......
तोड्नै पर्ला कैयन यी पर्खालहरु .....
No comments:
Post a Comment