Sunday, December 11, 2011

काव्य रस .....

देव नारायण शर्मा (बस्ताकोटी), सिक्किम ।

काव्यरसको सुधापान भिन्न हुन्छ साथी
कविताको मात पनि भिन्न हुन्छ साथी ।

आज पियो मदिरा त भोली छोडि दिन्छ
काव्य मात लागे सधै टिन्न हुन्छ साथी ।

खल्ती भरी पैसा भए सबै कुरा मिल्छ
लाखै भए,भाव कहाँ किन्न हुन्छ साथी ?

लेख्ने पढ्ने घट्दैगए काव्य कहाँ खिल्छ
सम्झीदानै अझ मनै खिन्न हुन्छ साथी ।

No comments:

Post a Comment