प्रकाश सुबेदी "खाम्दोङे"
नशा प्याला ब्यभिचारमा रम्छ पनि जिन्दगी यो
नरक स्वर्ग धाम बगर डुल्छ पनि जिन्दगी यो
उकाली र ओरालीमा कुदी हिंड्ने जिन्दगी यो
एक मुट्ठी सासको भरमा बन्दगी छ जिन्दगी यो ।
पिउनु जिउनु, जिउनु पिउनु अर्कै पारा जिन्दगीको
बैस फुर्ती हिंड्दै जाँदा हुन्छ धारा जिन्दगीको
रम्नु गम्नु मिठो बोल्नु नाफै नाफा जिन्दगीको
फुर्ती हाँसो स्वास्थय सबै पराग न हो जिन्दगीको ।
कर्कलाको पानी जस्तै पोखिजाने जिन्दगीलाई
मानवताको पृष्ठ भरी सजाउ हामी जिन्दगीलाई
भुल्न हुन्न गुरुदान सफल पार्ने जिन्दगीलाई
सभ्य बाँच्दै स्वर्ग जाने बाटो खनौ जिन्दगीलाई ।
No comments:
Post a Comment