Thursday, September 29, 2011

गरिबलाई दशैँ » चन्द्र बस्ताकोटी

चन्द्र बस्ताकोटी हाल मुस्तांग

दशैँ आयो केटाकेटी रमाए
बाउ बुडोलाई साउले समाए
पल्लो घर चंग्रा ढलाए
वल्लो घर टाउको समाए
हुने खानेहरुको जन्मे देखि दिनदिनै दशैँ
 गरिब जनताको जैले पनि तेसै तेसै
के गर्नु बिगार्यो सामन्ती सोचले
बोल्न सक्दैनन् गरिबी हुनाले
गरिबलाई नआवोस दशैँ
आए पछि  पार्छनी बेहोसै 

Wednesday, September 28, 2011

बिजया दशमीको शुभकामना ...............

चन्द्र बस्ताकोटी, हाल मुस्तांग
 एवम
मेरो जिल्ला डट कम परिवार


यो खुसियालीको रमाईलो बेला
हामी सबै नेपालीहरुको घरघरमा भेला
 गतका वर्ष जस्तै २०६८  बडा दशैँ आयको छ
देश विदेश जता ततै नेपाली मन रमायको छ
सद्बुद्दिको भावले नव दुर्गाभवानीको  प्रसादले
नेता देखि जनता सम्म इमान्दारिता को पाठ पढ़ावोस
गुलाब झैँ काडा बिच पनि फुल फुलावोस
आफ्नो भन्दा भन्दै जता ततै इमान्दारिताको खडेरी परेको छ
हामी केबल आफु आफ्नो म बाची रहेको छ
सबैको स्वार्थका खातिर मिर्तु राम्रो
बिगत वर्ष भन्दा फरक पाराको होवास यो पलाको दशैँ हाम्रो 
दशैँ आएर ऋण बेसाउनु पर्नेहरुलाई तो पिर बिर्साउने गरि दशैँ छावोस
नेपालीको घर आगनमा दसैँको खुसियाली आवोस
बिजयादशमी २०६८ को सुभकामना .......

Tuesday, September 27, 2011

के दोष थियो र ? अब नगर

बस्ताकोटी चन्द्र
गर्दै नगरेको कुरामा दोष दियौ के  भनु  ।
मन चोर्दै चोरे पनि आरोप लगायौ के भनु  । ।
कोपिलामै फुल झर्यो तिम्रो पनि के दोष । 
एक नजर मै मन परायौ तिम्रो पनि के दोष । ।
एती हुदाहुदा आखिरीमा मनमै  डेरा जमायौ मेरो पनि के दोष  । ।। 
मायाको नाममा मुटुलाई लात हानी धनको डुगा तर्ने कोसिस नगर । 
यो सोझोलाई जवानीको रापमा फसाई घात गर्यौ अब पनि धेरै नगर । ।

Friday, September 16, 2011

जिबन कस्तो


आशाभरोसा सबै मरिसके तेस्तो तेस्तो
यो जिबन कस्तो कस्तो
सल्काएको चुरोट्को धुलो जस्तो
धेरै धेरै गरिसके उस्तो उस्तो
चिन्ता पिर यो मुटुमा कस्तो कस्तो
बाच्नु नै ठुलो रैछ जे भएनी जस्तो जस्तो

मुटु भित्र ब्यथा कति होला

चन्द्र बस्ताकोटी, कास्कीकोट, कास्की
हाल जोमसोम-८, मुस्तांग
बिरह लाग्छ यो जिबन देखि  किन किन होला
म मरे पछी दुई थोपा आशु चुवाइ दिने कोहि होला
देखाउन नचाहे पनि माया त अथाहा थियो होला
जति जति हाँसे पनि मुटु भित्र ब्यथा कति कति होला
जति जति अबुझ बने पनि आभाष त पायौ होला
जति जति हाँसे पनि मुटु भित्र ब्यथा कति कति होला
मैले सोचे जस्तै तिम्रो पनि कुनै आफ्नै कथा होला
जति जति हाँसे पनि मुटु भित्र ब्यथा कति कति होला
मलाई पनि अरु जस्तै प्यासीमात्र पो देख्यौ कि
पासो थापी बाँड हान्ने ब्याधा पो सम्झियौ कि
लुकाउन खोजे पनि आँखाले सारासारा कुरा खोल्छ
गुम्साईएका भावहरु मुहारले तेसै तेसै आँफै बोल्छ

Wednesday, September 7, 2011

आफ्नै ठानेर पो गल्ती भो


चन्द्र बस्ताकोटी 
बेहोस् भै कता छू भन्दा तिमि आँखामा भन्थ्यौ
ठाउँ नपाएर कता बसु भन्दा तिमि काखमा भन्थ्यौ
कतै विग्रिय तिम्रो भाग्य बिग्रन्छ भन्थ्यौ
कतै बिरामी हुदा तिम्रो मुटु दुख्छ भन्थ्यौ
हिजोआज मलाई देख्दा तिम्रा आँखा बिझाउछ रे
सिशा जस्तै फुट्दिय तिम्रो भाग्य चम्किन्थियो रे
मेरो मुटु छिया छिया भैदिय तिम्रो आत्मा खुसि हुन्थियो रे
पागल भै सडकमा भौतारिय तिम्रो ताली पडकिन्थियो रे
बेला तिमीलाई आफ्नै ठानेर पो गल्ती भो
त्यो बेला तिमीलाई आफ्नै मुटु मानेर पो गल्ती भो
मेरो लागि तिमी संसार होउ त्यही भ्रममा परेंर पो गल्ती भो
तिम्रो गल्ति हुदापनि लुकाउने मैले बिराएको के नै थिय ?
तिमीलाई आफु भन्दा बढ़ी माया गरेंर पो गल्ती भो
उही बेला सोचेको हो नि गल्ति गरियछ कि ?
संसारका सबै चिज तिमिलाई नै ठानें पो गल्ती भो
सारा सर्बश्व सुम्पिदै आफ्नो अस्तितो खाली गरें पो गल्ती भो
आफन्त बनाएर पनि एती सारो गर्नु पो गल्ति आफ्नै भो
तिमीलाई मेरो मुटु मान्दा चोट धेरै भो
तिमीलाई संसारै ठान्दा खोट देखिने मेरै भो
आफूभन्दा प्यारो गर्दा तिमीलाई मात धेरै भो
सारासाथ तिमीलाईनै सुम्पिदिदा साथको घात धेरै भो !!!

Wednesday, May 4, 2011

वाध्यताको कसि फलामे साङ्लो जस्तै

आमा मलाई मााफ गर म आाउन सकिन, सानु तिमीले त माफ दिन्छौ होलानी है, वावा म आउने खबरले पक्कै पनि अलि कति खुसी त हुनुहुन्थ्यो होला तर आउन सकिन चाहेर पनि । साथी हो जो मेरो प्रतिक्षामा बस्नु भएको मित्रहरु हो सायद तिमीहरुलाई भन्दा अझ कैयौँ बढि भेट्ने मन मलाई छ, तिमीहरुसंग खेल्ने अनि सँग सँगै रमाउने । साँच्चै जिन्दगीनै अप्राप्तिको खेल हो अरे एउटा गित छ नि सोचे जस्तो हुन्न जीवन, चाहे जस्तो हुन्न जीवन जस्तो भोग्यो त्यस्तै हुँन्छ देखे जस्तो हुन्न जीवन ।
    आज पनि मेरो आँखा ओभानो छैन, आँसु बगिरहेछ विरानो मुलुकमा छु जहाँ मेरो आमा वावा भन्दा भाई बहिनी, अङ्कल, साथीभाई, मलाइ सानो छदा मिठाई ल्याईदिने, स्कुलबाट फर्कन अबेर हुँदा बाबु यहि बस रात परिसक्यो भन्ने गाउँलेहरु अनि त्यो मेरो प्यारो गाउँ भन्दा पनि । तर मेरो आँसुले यहाँको भूमिलाई पनि ओसिलो पारीरहेछ । मलाई लाग्छ मेरो आँसु नै मलाई कमजोर पार्ने साधन हो । मनमा कालो धब्बा छ जसलाई अँह चाहेर पनि हटाउन सक्दिन हिजो जसरी आँसु झर्थे आज पनि मेरो आँखाबाट त्यसरीनै आँसु बगिरहेछ । कुनै दिन मलाई कसैले भनेको थियो केटी मान्छे रोएको पो सुहाउँछ त तर केटा मान्छे भने पटक्कै । त्यो व्याक्य आज पनि बारम्बार सम्झीरहन्छु तर मन उर्लिएर आउँछ आँसुको भेल बनी । मन थाम्न खोज्ने कैयौ प्रयासहरु बालुवामा पानी खन्याए जस्तै भए मेरो लागि । 
    आमा बनमा दाउरा काट्न जानु भएको थियो अरे दाउरा लिएर पनि आउनु भएछ, दाउराको भारी विसाएको केहि छिन्मा नै उहाँलाई गहिरो पिडा भएछ मेरो कारण किनकी सोहि दिन नै म यो संसारको एउटा सदस्य भएर यो भूमिमा टेकेको थिए । आज अर्थात माघ १८ गते त्यही दिन हो जुन दिन मेरी आमाले  पिडादायक क्षणको सामाना गरेर मलाई यो धर्तिमा बास गराउनु भएको थियो । विडम्बना सोहि दिन नै म मेरो आमासँग रहन सकिन, बाबा म  आफ्नो गाउँघर भन्दा टाढा  छु । मैले विर्सीए जस्तै लागेको छ म हुर्किएर खेलेको गाउँलाई माफ गर गाउँले हो म आउँन सकिन तर त्यो गाउँठाउँको माया कति छ त्यो सायद मलाई मात्र थाहा छ । बाध्यतालाई कसले पो पन्छाउन सक्छ र ।
    अस्ति मात्रै फोन भएको थियो घरमा मैले हतारीदै भने “आमा म मर्सि आउँछु सबै कुरा त्यही गरुला”, मैले अड्कल काटीहाले उहाँ नजानिदो पाराले रुदै हुँनुहँन्थ्यो अनि भन्द ैहुँनुहुँन्थ्यो “जाडो छ होला हगि बस्न सक्छ कि सक्दैन” म बोले केहि छैन म आँउछु नआत्ति बस्नु ल ....। कति सपनाहरु गर्भमा नै तुहिन्छन, कति बाध्यताको फलामको साँङ्लाले  बाधिदिन्छन, मनमा अथाहा उत्साहाको भेल हुँदा हुँदै पनि सुकाएर बस्नु पर्ने हुन्छ । जहाँ नियतिले ठग्छ, समयको हुरीले बढारीदिएर एउटा कन्टेनरमा थुपारीदिन्छ सपनाको संसारलाई त्यसैले त आज आँसुको ओइरो  लाग्छ । मैले जिस्कीदै भन्थे सानु म आउन पाउदिन अनि उनी शुरु गरिहाल्थिन देखाउन दुर्दशा हामीसंग कहाँ सत्य बोल्न हुँँन्छर ? मलाई त जे भने पनि त भयो नि है साँच्चै म अभागि......एक छिनमै भाबुक हुन बाध्य बनाउथिन म बोल्थे “छुच्चि जोक्स  गरेको पो” कति जोक्सहरु नै बास्तविकता हुन्छन्, कति विर्सीएर भनिएको कुराहरु नै सत्यताको संसारमा हराएका हुँदा रहेछन् । भविश्यलाई कसले पो देख्न सक्छ र हगी ।
    मेरो शरीर धेरै कोस टाढा छ अहिले जहाँ मेरो मन छ, तन    छ । म एक्लो छु मेरो साथीहरु र भ आफन्तजन अनि गाउँलेहरु भन्दा । म एक परदेशी छोरो हुँ, कहिले धुलो मैलोमा खेल्दै वित्यो होला, कहिले कसैसंग रमाउदै, लड्दै, र कुटर रुदै  बित्यो होला त कुनै बेला रमाएर । खै थाहा भएन कसरी वित्यो मेरो जन्म दिन तर जहा जसरी बिते पनि मोरो आमा,बाबा, हजुरआमाबा, घरपरिवार, आफन्तजन, गाउँले र मेरो सानुसँगै वितेको थियो संगसाथमा ।
      बल्ल मैले थाहा पाए   मैले यो संसारमा पाईला टेकेको दिन तव मेरो मनको मझेरीमा रहेकोे भाबना विचार, र सपनाहरुलाई मनमै कुण्ठीत पार्नु सिवाय केहि गर्न सकिरहेको छैन किनकी विरानो मुलुकमा छु आज सबैबाट टाढिन पुगेको छु । मसंग मात्र मन छ कालो धब्बा लागेको यहि मनले खोज्छ अनेक रहरहरु सम्झदा चरी जस्तै भर्खरै उडेर जाऊँ झै लाग्छ नत म आउँन नै सक्छु । त्यसैले  गाउँले हो मेरो अँसुका मूलहरुलाई रोक्न खोज्दा पनि म असमर्थ हुँन्छु । यहाँ आशाको डोरीमा झुण्डीएर बसेको छु  आमा मन खल्लो नबनाउनु म आउँने छु धेरै नरुनु मेरो जन्म दिनमा मुछेको टीका जस्ताको तस्तै राख्नु है त्यही टीका लगाउन आत्तुर छु, बाबा आमाको हातबाट टीका ग्रहण गर्न पक्कै आउनेछु, खुसीको संसार बोकेर । ओ सानु तिमी त रुदिनौ होलानी है म भन्दा धेरै जान्ने अनि बुझ्ने छौ मलाइ कति सम्झाउन खोस्दथ्यौँ फेरी प्रतिक्षाको फल मिठो हुन्छ अरे, अलिकति दुःख नभईकन त  खुसीको पनि के अर्थ, कहिलेकाहीँ रुनाले त हाँसोको महत्व हुँन्छ जिन्दगीमा दुःख मात्रै हुँन्छ र लाटी । साथी हो मलाई सुनाउँने गर्दथ्यौँ समय नभए पनि एक छिन भेट्न चाही आउनु पर्ला तर जुन दिन तिमीहरु भेट्न खोज्दै छौ त्यो दिन नै म तिमीहरु भन्दा धेरै कोस टाढा छु । त्यो दिन पक्का अउछ हामी संगै हुँनेछौ तिमीहरुको जस्तै मेरो पनि जन्म दिन मान्ने छौ सँगै रहेर ।
-बिश्वास खड्काथोकी