Wednesday, May 4, 2011

वाध्यताको कसि फलामे साङ्लो जस्तै

आमा मलाई मााफ गर म आाउन सकिन, सानु तिमीले त माफ दिन्छौ होलानी है, वावा म आउने खबरले पक्कै पनि अलि कति खुसी त हुनुहुन्थ्यो होला तर आउन सकिन चाहेर पनि । साथी हो जो मेरो प्रतिक्षामा बस्नु भएको मित्रहरु हो सायद तिमीहरुलाई भन्दा अझ कैयौँ बढि भेट्ने मन मलाई छ, तिमीहरुसंग खेल्ने अनि सँग सँगै रमाउने । साँच्चै जिन्दगीनै अप्राप्तिको खेल हो अरे एउटा गित छ नि सोचे जस्तो हुन्न जीवन, चाहे जस्तो हुन्न जीवन जस्तो भोग्यो त्यस्तै हुँन्छ देखे जस्तो हुन्न जीवन ।
    आज पनि मेरो आँखा ओभानो छैन, आँसु बगिरहेछ विरानो मुलुकमा छु जहाँ मेरो आमा वावा भन्दा भाई बहिनी, अङ्कल, साथीभाई, मलाइ सानो छदा मिठाई ल्याईदिने, स्कुलबाट फर्कन अबेर हुँदा बाबु यहि बस रात परिसक्यो भन्ने गाउँलेहरु अनि त्यो मेरो प्यारो गाउँ भन्दा पनि । तर मेरो आँसुले यहाँको भूमिलाई पनि ओसिलो पारीरहेछ । मलाई लाग्छ मेरो आँसु नै मलाई कमजोर पार्ने साधन हो । मनमा कालो धब्बा छ जसलाई अँह चाहेर पनि हटाउन सक्दिन हिजो जसरी आँसु झर्थे आज पनि मेरो आँखाबाट त्यसरीनै आँसु बगिरहेछ । कुनै दिन मलाई कसैले भनेको थियो केटी मान्छे रोएको पो सुहाउँछ त तर केटा मान्छे भने पटक्कै । त्यो व्याक्य आज पनि बारम्बार सम्झीरहन्छु तर मन उर्लिएर आउँछ आँसुको भेल बनी । मन थाम्न खोज्ने कैयौ प्रयासहरु बालुवामा पानी खन्याए जस्तै भए मेरो लागि । 
    आमा बनमा दाउरा काट्न जानु भएको थियो अरे दाउरा लिएर पनि आउनु भएछ, दाउराको भारी विसाएको केहि छिन्मा नै उहाँलाई गहिरो पिडा भएछ मेरो कारण किनकी सोहि दिन नै म यो संसारको एउटा सदस्य भएर यो भूमिमा टेकेको थिए । आज अर्थात माघ १८ गते त्यही दिन हो जुन दिन मेरी आमाले  पिडादायक क्षणको सामाना गरेर मलाई यो धर्तिमा बास गराउनु भएको थियो । विडम्बना सोहि दिन नै म मेरो आमासँग रहन सकिन, बाबा म  आफ्नो गाउँघर भन्दा टाढा  छु । मैले विर्सीए जस्तै लागेको छ म हुर्किएर खेलेको गाउँलाई माफ गर गाउँले हो म आउँन सकिन तर त्यो गाउँठाउँको माया कति छ त्यो सायद मलाई मात्र थाहा छ । बाध्यतालाई कसले पो पन्छाउन सक्छ र ।
    अस्ति मात्रै फोन भएको थियो घरमा मैले हतारीदै भने “आमा म मर्सि आउँछु सबै कुरा त्यही गरुला”, मैले अड्कल काटीहाले उहाँ नजानिदो पाराले रुदै हुँनुहँन्थ्यो अनि भन्द ैहुँनुहुँन्थ्यो “जाडो छ होला हगि बस्न सक्छ कि सक्दैन” म बोले केहि छैन म आँउछु नआत्ति बस्नु ल ....। कति सपनाहरु गर्भमा नै तुहिन्छन, कति बाध्यताको फलामको साँङ्लाले  बाधिदिन्छन, मनमा अथाहा उत्साहाको भेल हुँदा हुँदै पनि सुकाएर बस्नु पर्ने हुन्छ । जहाँ नियतिले ठग्छ, समयको हुरीले बढारीदिएर एउटा कन्टेनरमा थुपारीदिन्छ सपनाको संसारलाई त्यसैले त आज आँसुको ओइरो  लाग्छ । मैले जिस्कीदै भन्थे सानु म आउन पाउदिन अनि उनी शुरु गरिहाल्थिन देखाउन दुर्दशा हामीसंग कहाँ सत्य बोल्न हुँँन्छर ? मलाई त जे भने पनि त भयो नि है साँच्चै म अभागि......एक छिनमै भाबुक हुन बाध्य बनाउथिन म बोल्थे “छुच्चि जोक्स  गरेको पो” कति जोक्सहरु नै बास्तविकता हुन्छन्, कति विर्सीएर भनिएको कुराहरु नै सत्यताको संसारमा हराएका हुँदा रहेछन् । भविश्यलाई कसले पो देख्न सक्छ र हगी ।
    मेरो शरीर धेरै कोस टाढा छ अहिले जहाँ मेरो मन छ, तन    छ । म एक्लो छु मेरो साथीहरु र भ आफन्तजन अनि गाउँलेहरु भन्दा । म एक परदेशी छोरो हुँ, कहिले धुलो मैलोमा खेल्दै वित्यो होला, कहिले कसैसंग रमाउदै, लड्दै, र कुटर रुदै  बित्यो होला त कुनै बेला रमाएर । खै थाहा भएन कसरी वित्यो मेरो जन्म दिन तर जहा जसरी बिते पनि मोरो आमा,बाबा, हजुरआमाबा, घरपरिवार, आफन्तजन, गाउँले र मेरो सानुसँगै वितेको थियो संगसाथमा ।
      बल्ल मैले थाहा पाए   मैले यो संसारमा पाईला टेकेको दिन तव मेरो मनको मझेरीमा रहेकोे भाबना विचार, र सपनाहरुलाई मनमै कुण्ठीत पार्नु सिवाय केहि गर्न सकिरहेको छैन किनकी विरानो मुलुकमा छु आज सबैबाट टाढिन पुगेको छु । मसंग मात्र मन छ कालो धब्बा लागेको यहि मनले खोज्छ अनेक रहरहरु सम्झदा चरी जस्तै भर्खरै उडेर जाऊँ झै लाग्छ नत म आउँन नै सक्छु । त्यसैले  गाउँले हो मेरो अँसुका मूलहरुलाई रोक्न खोज्दा पनि म असमर्थ हुँन्छु । यहाँ आशाको डोरीमा झुण्डीएर बसेको छु  आमा मन खल्लो नबनाउनु म आउँने छु धेरै नरुनु मेरो जन्म दिनमा मुछेको टीका जस्ताको तस्तै राख्नु है त्यही टीका लगाउन आत्तुर छु, बाबा आमाको हातबाट टीका ग्रहण गर्न पक्कै आउनेछु, खुसीको संसार बोकेर । ओ सानु तिमी त रुदिनौ होलानी है म भन्दा धेरै जान्ने अनि बुझ्ने छौ मलाइ कति सम्झाउन खोस्दथ्यौँ फेरी प्रतिक्षाको फल मिठो हुन्छ अरे, अलिकति दुःख नभईकन त  खुसीको पनि के अर्थ, कहिलेकाहीँ रुनाले त हाँसोको महत्व हुँन्छ जिन्दगीमा दुःख मात्रै हुँन्छ र लाटी । साथी हो मलाई सुनाउँने गर्दथ्यौँ समय नभए पनि एक छिन भेट्न चाही आउनु पर्ला तर जुन दिन तिमीहरु भेट्न खोज्दै छौ त्यो दिन नै म तिमीहरु भन्दा धेरै कोस टाढा छु । त्यो दिन पक्का अउछ हामी संगै हुँनेछौ तिमीहरुको जस्तै मेरो पनि जन्म दिन मान्ने छौ सँगै रहेर ।
-बिश्वास खड्काथोकी

No comments:

Post a Comment