Friday, September 16, 2011

मुटु भित्र ब्यथा कति होला

चन्द्र बस्ताकोटी, कास्कीकोट, कास्की
हाल जोमसोम-८, मुस्तांग
बिरह लाग्छ यो जिबन देखि  किन किन होला
म मरे पछी दुई थोपा आशु चुवाइ दिने कोहि होला
देखाउन नचाहे पनि माया त अथाहा थियो होला
जति जति हाँसे पनि मुटु भित्र ब्यथा कति कति होला
जति जति अबुझ बने पनि आभाष त पायौ होला
जति जति हाँसे पनि मुटु भित्र ब्यथा कति कति होला
मैले सोचे जस्तै तिम्रो पनि कुनै आफ्नै कथा होला
जति जति हाँसे पनि मुटु भित्र ब्यथा कति कति होला
मलाई पनि अरु जस्तै प्यासीमात्र पो देख्यौ कि
पासो थापी बाँड हान्ने ब्याधा पो सम्झियौ कि
लुकाउन खोजे पनि आँखाले सारासारा कुरा खोल्छ
गुम्साईएका भावहरु मुहारले तेसै तेसै आँफै बोल्छ

No comments:

Post a Comment