Wednesday, September 7, 2011

आफ्नै ठानेर पो गल्ती भो


चन्द्र बस्ताकोटी 
बेहोस् भै कता छू भन्दा तिमि आँखामा भन्थ्यौ
ठाउँ नपाएर कता बसु भन्दा तिमि काखमा भन्थ्यौ
कतै विग्रिय तिम्रो भाग्य बिग्रन्छ भन्थ्यौ
कतै बिरामी हुदा तिम्रो मुटु दुख्छ भन्थ्यौ
हिजोआज मलाई देख्दा तिम्रा आँखा बिझाउछ रे
सिशा जस्तै फुट्दिय तिम्रो भाग्य चम्किन्थियो रे
मेरो मुटु छिया छिया भैदिय तिम्रो आत्मा खुसि हुन्थियो रे
पागल भै सडकमा भौतारिय तिम्रो ताली पडकिन्थियो रे
बेला तिमीलाई आफ्नै ठानेर पो गल्ती भो
त्यो बेला तिमीलाई आफ्नै मुटु मानेर पो गल्ती भो
मेरो लागि तिमी संसार होउ त्यही भ्रममा परेंर पो गल्ती भो
तिम्रो गल्ति हुदापनि लुकाउने मैले बिराएको के नै थिय ?
तिमीलाई आफु भन्दा बढ़ी माया गरेंर पो गल्ती भो
उही बेला सोचेको हो नि गल्ति गरियछ कि ?
संसारका सबै चिज तिमिलाई नै ठानें पो गल्ती भो
सारा सर्बश्व सुम्पिदै आफ्नो अस्तितो खाली गरें पो गल्ती भो
आफन्त बनाएर पनि एती सारो गर्नु पो गल्ति आफ्नै भो
तिमीलाई मेरो मुटु मान्दा चोट धेरै भो
तिमीलाई संसारै ठान्दा खोट देखिने मेरै भो
आफूभन्दा प्यारो गर्दा तिमीलाई मात धेरै भो
सारासाथ तिमीलाईनै सुम्पिदिदा साथको घात धेरै भो !!!

No comments:

Post a Comment