Tuesday, February 7, 2012

गाह्रो भो

देव नारायण शर्मा (बस्ताकोटी), सिक्किम ।
धेरै लामा रात यी काट्न गाह्रो भो
पिरतीका बात यी बाट्न गाह्रो भो
नियतीले कोल्टे फेर्दा बाँच्न गाह्रो भो
भाग्यरेखा हातका यी साट्न गाह्रो भो ।

चिसिएका आँखाहरु तात्न गाह्रो भो
हृदयका काला बादल फाट्न गाह्रो भो
कलुसता भयेपनि घात्न गाह्रो भो
दु:ख दर्द रहेपनि मात्न गाह्रो भो ।

ईतिहासका पानाहरु छाट्न गाह्रो भो
स्‍मृतिका दु:खद पलनै झाट्न गाह्रो भो
मानस्पटका तीता तथ्य साट्न गाह्रो भो
चित्रगुप्त आँफैसँग ढाट्न गाह्रो भो ।

रीस द्वेस खोकेपनी डाट्न गाह्रो भो
माया प्रिती भयेपनि चाट्न गाह्रो भो
धेरै लामा रात यी कट्न गाह्रो भो
पिरतीका बात यी बाट्न गाह्रो भो ।

No comments:

Post a Comment