वेद थापा “बेहोशी”, सेतिदोभान ७, स्यांजा ।।
लत्किंदैछ मनको डांडा सम्याउंन खार्छु भन्छु,
भाग्यको फल आकाशमा झटारोले झार्छु भन्छु,
रोजेको त्यो मांया एउटा उल्कासरी बिलाईदियो,
बादलमा कुलोखनी झरी बर्षा टार्छु भन्छु,
किनकिन आज मंलाई संसारै यो पराई लाग्यो,
उखेलेर यो जिवनलाई अन्तै कतै सार्छु भन्छु,
सागरभए मेरो मांया अघाउंन्जेल पिउंने थियां,
मरुभुमी भए त केभो प्रितको हल नार्छु भन्छु,
एकोहोरो उन्को त्यो रुप पत्थरमा कुंदे पनि,
पुर्णाकारमा नढालिंदा जितेरनी हार्छु भन्छु ।
No comments:
Post a Comment