धन्यवाद दिन मन लाग्यो
चन्द्र बस्ताकोटी
हाल जोमसोम-८ मुस्तांग
भित्र भित्रै गुम्सिएका भावहरु सबै सामु खोल्न मन लाग्यो
सबैसग कुरागर्दा अन्धकार जिन्दगीमा ज्योति छरे जस्तो लाग्यो
देखावटी यो संसारमा लुकीछिपी कास्कीकोटलाई माया गर्न मन लाग्यो
पुर्णिमाको जुन आज धर्तिमा नै झरी आए जस्तो लाग्यो
हामिहरु बिचको दुरी फेसबुकले सारा सारा मारे जस्तो लाग्यो
सबको दिल कास्कीकोटको फुलबारीमा सरे जस्तो लाग्यो
जोमसोममा बसेर कास्कीकोटलाई थोरै थोरै माया मैले पनि गरे जस्तो लाग्यो
संसारमा छरियरका सबलाई मिलाउने फेसबुकलाई धन्यवाद दिन मन लाग्यो
२०६८ बैशाख २३ गते बिहान ५ बजे
No comments:
Post a Comment