चन्द्रश्वर बस्ताकोटी
कास्कीकोट -८ कास्की हाल जोमसोम, मुस्तांङ
सप्तरंगी टीका अनि मखमली माला
खुशी सबै हिन्दुहरु तिहारमा सारा
खुशी सबै हिन्दुहरु तिहारमा सारा
दिदि बहिनि दाजुभाई सम्झे जस्तो छ
मिलनका क्षणहरु आए जस्तो छ
तिहारले नौलो माया लाए जस्तो छ
तिहारले नौलो माया लाए जस्तो छ
दिपावलीले घरै तिर बोलाए जस्तो छ
उज्यालो र रंगिन बन्न लागे जस्तो छ
उज्यालो र रंगिन बन्न लागे जस्तो छ
सयपत्री, मखमलीका माला बुन्न लागे जस्तो छ
तेलको घेरा वरीपरी बसी रंगिन टिका लाए जस्तो छ
गतका वर्ष ओखरफोरी लामो आयु पाए जस्तो छ
देउसी, भैलोको गति गाए जस्तो छ
मिलनका क्षणहरु आए जस्तो छतेलको घेरा वरीपरी बसी रंगिन टिका लाए जस्तो छ
गतका वर्ष ओखरफोरी लामो आयु पाए जस्तो छ
यो वर्ष त खाली निधार, सबैलाई सम्झी सम्झी बसे जस्तो छ
मैले टिका नलगाए पनि सबै सबैलाई सुभकामना छ