Tuesday, December 13, 2011

मैले देखेको आकाश

अस्ताउँदो सुर्य, डांडामाथि निशा देखिएको छ
शुन्य म, आँखा टट्याउने गरि एकोहोरिएको छु
म घाम जस्तै डुब्दै छु, निशासंगै बिलाउदैं छु
मेरो सपना, मेरो अकांक्षा, मेरो लक्ष्य अस्ताउदै छ ।

त्यो समय,
म उराठलाग्दो घाममा पनि रमाएको थिएँ
झरी, बादल अनि वर्षामा पनि रमाएको थिएँ
स्वन्तन्त्र, निश्चल र निस्कपट हाँसो हाँस्थे
ऊ त्यो चरी झैं, खुला आकाशको छत मुनि ।

आज समय फेरियो,
घाम छ, दिक्क छ, झरी छ, दिक्क छु
घाम बेहोर्छु, झरी सहन्छु, मन सम्हाल्छु
पुरानो सपनाका थोत्रा पन्नाहरु पल्टाउछु
भक्कानिन्छु, रुन्छु, चिच्चाउछू एकै शब्द ह़ाआ...

घाम अस्तायो,
आकाश बादलले ढपक्कै ढाकेको छ
मडारिएका बादलझैं मन बेचैन छ
फर्कन्छु आफ्नै थलो, झिनो आशा बोकेर
आज पानि पर्छ, भोलि त खुला आकाश हुन्छ ।।।
सुवास बस्ताकोटी  
e-mail:- me_smell @hotmail.com

Monday, December 12, 2011

जिन्दगीको पारीभाषा

प्रकाश सुबेदी "खाम्दोङे"

नशा प्याला ब्यभिचारमा रम्छ पनि जिन्दगी यो
नरक स्वर्ग धाम बगर डुल्छ पनि जिन्दगी यो
उकाली र ओरालीमा कुदी हिंड्ने जिन्दगी यो
एक मुट्ठी सासको भरमा बन्दगी छ जिन्दगी यो ।

पिउनु जिउनु, जिउनु पिउनु अर्कै पारा जिन्दगीको
बैस फुर्ती हिंड्दै जाँदा हुन्छ धारा जिन्दगीको
रम्नु गम्नु मिठो बोल्नु नाफै नाफा जिन्दगीको
फुर्ती हाँसो स्वास्थय सबै पराग न हो जिन्दगीको ।

कर्कलाको पानी जस्तै पोखिजाने जिन्दगीलाई
मानवताको पृष्‍ठ भरी सजाउ हामी जिन्दगीलाई
भुल्न हुन्न गुरुदान सफल पार्ने जिन्दगीलाई
सभ्य बाँच्दै स्वर्ग जाने बाटो खनौ जिन्दगीलाई ।

Sunday, December 11, 2011

~~~~~~ गीत ~~~~~~

देव नारायण शर्मा (बस्ताकोटी), सिक्किम ।

स्वागत छ है दिल चोरी लानेलाई
लहै बिदा दिल फोरी जानेलाई ।

सँगै बाँच्ने सँगै मर्ने हाम्ले कसम खा' को
एउटै मुटू सम्झी मैले औधी माया ला' को
मन्दिर खुल्ला छ कसम खानेलाई
लहै बिदा दिल फोरी जानेलाई ।

जिन्दगीमा पैलोपटक कस्तो बिस्मत भा' को
तिम्लाई पाउन सधैंभरी मेला बजार धा' को
सेवा ढोग छ सब गुम्बा मानेलाई
लहै बिदा दिल फोरी जानेलाई ।

अस्ती भर्खर तिम्रो पत्र मेरो नाममा आ' को
थाहा पाँए त्यती बेला अर्कैको साथ गा' को
यो साथ मेरो केवल तीन पानेलाई
लहै बिदा दिल फोरी जानेलाई ।

स्वागत छ है दिल चोरी लानेलाई
लहै बिदा दिल फोरी जानेलाई ।

काव्य रस .....

देव नारायण शर्मा (बस्ताकोटी), सिक्किम ।

काव्यरसको सुधापान भिन्न हुन्छ साथी
कविताको मात पनि भिन्न हुन्छ साथी ।

आज पियो मदिरा त भोली छोडि दिन्छ
काव्य मात लागे सधै टिन्न हुन्छ साथी ।

खल्ती भरी पैसा भए सबै कुरा मिल्छ
लाखै भए,भाव कहाँ किन्न हुन्छ साथी ?

लेख्ने पढ्ने घट्दैगए काव्य कहाँ खिल्छ
सम्झीदानै अझ मनै खिन्न हुन्छ साथी ।

खै के भयो मलाई

सुवास बस्ताकोटी
मौसम चिसो छ, मन पोलिरहेछ
खै किन हो आज भोलि
आफन्त छन्, साथी भाई छन्
तैपनि एक्लो झैं लाग्छ आज भोलि !!
मुटु घाइते झैँ छ र त चस्कन्छ हरक्षण
मन उडी जान्छ, खै कता कता
दोसाँधमा उभिएको भान हुन्छ
किन मन छ दोमन आज भोलि ?

पीडा नभएर पनि मन दुखी झैँ छ
रुन परेली रुझाउनै पर्छ भन्ने छैन
हासेको मात्र देख्छन सबैले याहाँ
मन बुझ्ने कोहि छैनन् आज भोलि
!!

चोट नहुदा पनि घाऊ देखिन्छ
पीडा बेगर हृदय चिच्याउछ
खै के भयो मलाई यस्तो

नया कून रोग लाग्यो मलाई आजभोली !!

Thursday, December 8, 2011

बैमानस्यता

देव नारायण बस्ताकोटि,  शर्मा, सिक्किम ।

निस्तब्दताको कोलाहलमा
बिश्रिन्खलित श्रिंखलाहरु
क्रमस लाग्दै र भात्किने गर्दछन
राजतन्त्रताकै प्रजातन्त्रतमा
पराधिनताकै स्वतन्त्रताहरु
आसुँ बगाइ हास्ने गर्दछन
बैमानस्यताकै एकतामा पनि
जातिबादका अभिन्न मित्रहरु
मिल्दै जुल्दै कुस्ती खेल्दछन।


कर्तव्यपरायन कर्णधारहरु
दुस्कर्मिका आक्रोसमा परि
मानवाधिकारका यत्नहरु झेल्दछन
सत्यका आडम्बरहरु
असत्यका यथर्थहरु सँगै
घोक्रो तानेर कुर्लन्छन
नितिबाद भित्र जन्मिएका
विविध अनैतीकताहरु पनि
यसरिनै प्रतिपल उर्लिन्छन।

अस्मन्जस्यका द्ढ सन्कल्पहरु
प्रतिपल तोडिने प्रणहरु देख्दा
किन्कर्तव्यबिमुड भैइ हाँस्दाछन
उडिजाने अचल सम्पत्तिहरु
अमर जीवनका क्षणिक व्यक्तित्वहरु
यसरिनै कैयौ पटक मर्दै बाच्दछन
यसरिनै कैयौ पटक मर्दै बाच्दछन
यसरिनै कैयौ पटक मर्दै बाच्दछन।

Sunday, December 4, 2011

थाम्नै सकिन जाडो

चन्द्रश्वर बस्ताकोटी, कास्कीकोट-८, कास्की हाल जोमसोम-८, मुस्ताङ
बेग बेगमा हावा चल्यो छुनै सकेन मन
झर्यो आसु, काप्यो सरिर के भयो आझ यो तन
पुष माघको यो जाडो, धान्नै  सकिन यो मन
तातोपानी पिउछु भनेको त छुनै सकिन झन
जोडजोडले उत्तरी हावा आउदा थाम्नै सकिन
प्रकृतिको स्वाभाविक नियम बिरुद्ध बोल्नै सकिन
जाडो भयो थरथर काप्यो मुटु, के गरौ न भन् ?
हिउपरे पछि अझ कस्तो होला ? आफै सोच झन्
बुडाबुढी गाऊ नै छाडी  सबै बेसी झरे, गाऊ त सबै खाली
बेसी तिर व्यापार गर्छन, गाऊ गाऊमा बोकी डाली
बुद्धधर्म मानछन् यहाँ हिन्दुहरुका तिर्थ स्थल धेरै
मुक्तिनाथको दर्सन गर्न आए यसै पाली साथीहरु मेरै
चिसो पानीमा नुहाउदा तेसै तेसै गारो
मान्दैनन हिन्दुहरु जे जस्तो भए नि सारो
गाऊ गाऊमा धेरै छन् नि छोर्तेन अनि गुम्बा
यही छ नि कस्तो राम्रो सुन्दर ताल धुम्बा
आउछन् यहाँ कहाँ देखि नुहाउन दामोदर कुण्ड
लोभयाएकोछ प्रकृतिले, आउछन् पर्यटक झुण्ड झुण्ड
यो  बेलामा त
केहि समयका लागि जानै पर्छहोला चाडो

जलेरै गयो अधुरो जिन्दगी

चन्द्रश्वर बस्ताकोटी, कास्कीकोट-८, कास्की, हाल जोमसोम , मुस्तांग
मरी लानु के नै छ र ? खुसीमै जिउँछु जिन्दगी !
खुसी रोप्दा मनभरी, दुखका बह दिलायो जिन्दगी !!
जिउँदै मारे जस्तो भाथ्यो, अन्तत जलेरै गयो जिन्दगी !
अबश्य ढल्नु नै थियो, आजै ढली गयो जिन्दगी !
जिउँदै मारे जस्तो भाथ्यो, अन्तत जलेरै गयो जिन्दगी !!
छिन छिनमा ठेस लाग्ने कस्तो मेरो जिन्दगी !
मनभरी पिडा दिने कस्तो गलायो मेरो जिन्दगी !!
जिउँदै मारे जस्तो भाथ्यो, अन्तत जलेरै गयो जिन्दगी !!
आफ्नै पहिचान आफै सामु हरायथ्यो मेरो जिन्दगी !
झुटो अनि स्वार्थी संसारले भुलायो मेरो जिन्दगी !
जिउँदै मारे जस्तो भाथ्यो, अन्तत बिलिन भएरै गयो जिन्दगी !!
यात्रा धेरै छ भन्ने सोच्या थिय जिन्दगी !
गन्तव्यमा पुग्नै नपाइ बिचैमा थला परयो जिन्दगी !!
जिउँदै मारे जस्तो भाथ्यो, अन्तत नामेट भएरै गयो जिन्दगी !!
अबश्य ढल्नु नै थियो, आजै ढली गयो जिन्दगी !
जिउँदै मारे जस्तो भाथ्यो, अन्तत जलेरै गयो जिन्दगी !!

Thursday, December 1, 2011

धेरै याद आको

चन्द्रश्वर बस्ताकोटी, जोमसोम, मुस्तांग  

आज् मलाईकिन किन  मेरो देशको धेरै धेरै याद आको  । 
उच्च हिमाली क्षेत्रका ठु-ठुला चौर अनि सेता हिमालको । 
चौरीको दुधसग फापरको रोटि अनि मार्फाली साग बतासे डाडामा खाको । 
धौलागिरी बेसक्याम्प जादा  टुकुचेबासि अनि प्रकृतिसग  माया लाको 
घीन्टिको स्वाद त्यो मिठो मासु धेरै स्वाद लिई सबैसग खाको  ।
पदयात्रीको सुबिधाका लागि तेस्तो ठाउँमा पनि विकास थोरै थोरै भाको ।
एक्यापका साथी टुक्चेबासी मिलेर उकालो चडी रमाई रमाई गाको ।
धौलागिरि बेसक्याम हुदै आउनेलाई खानेपानीको ब्यबस्ता पनि भाको।
बतासे डाडामा पनि घर बनाएर पर्यटकलाई सहयोग पनि धेरै धेरै भाको।
पदयात्रीले बाटो नभुलूंन भनि ठाउँ ठाउँमा सेता सेता पिल्लर बनाउन पनि भ्याको।