Wednesday, May 4, 2011

सिद्धान्त किन लेखमा मात्र सिमीत

बिश्वास खड्काथोकी
हामी वजारमा छ्यापछ्याप्ती अखवारहरु पाउँछौ, कितावका ठेलीहरु कुनै पुस्तक पसलमा मात्र होइन अक्षर चिन्न जान्नेको घरघरको ¥याकमा थन्किएर रहेको छ । ती कितावहरुमा  हामीले यसो नजर लगायौं भने दुनियाँ अटेका हुन्छन् पानाका अक्षरहरुमा, देश, विदेश, समाज, परिस्थिति, दर्शन, मनोविज्ञान, राष्ट्रका कहालीलाग्दा घटनादेखि लिएर लाजमर्दा कुराहरुको संगालो के नै वाँकी हुन्छन् र त्यहाँ । छूत अछूतका कुरा, ओहदा, मर्यादाको कुरा, हत्या र वलात्कारका कुरा, दोषि माथि शव्दले हानेको छुराधेरै भेट्न सकिन्छ ती पानाहरुमा ।
    देशि होस या विदेशी, सवै कविहरुले मनछुने शव्दहरुको चयन गरेर, कसैलाई व्यङ्ग हानेर, कसैलाई माथि उचालेर, कसैलाई पछारेर, खसालेर के गर्न मन लाग्छ त्यही गरेर शव्दजालहरु बुनेका हुन्छन्  कुनै एक समारोहमा, मानिसको हुलहरुमा तालीका सत्कारहरुले पनि सम्मान पाउछन् । तर आज यी शव्दहरु केवल किताव र अखबारको पानामा मात्र कैद भएको छ अनि सार्थकताको संसार लेखबाट टाढा भागेको छ । जहाँ सुन्दर समाजको खाका निर्माण गरिएको हुन्छ, समुन्नत र शान्तिपूर्ण राष्ट्रको निर्माण गर्ने अभिभारा व्यक्त गरिएको हुन्छ, देशका शोषक, देशद्रोहिको लागि औला ठडाईएको हुन्छ, मानिसको कौतुहलता र जिज्ञाशा मेटाउन प्रयत्न गरिएको हुन्छ । तर यी सवै प्रयासहरु केहि छिनको रङ्गमञ्चमा रङ्गिएर फेरी उही मात्र कागजको खोष्टामा थन्किन्छ कहिल्यै उठ्न नसक्ने गरि ।
    आज देशको के हाल छ ?... समाजको बेहाल, वेताल भद्रगोलको स्थिति कसलाई पो थाहा छैन । कुन विद्धावान, लेखक र कुन कवि विज्ञ छैनन् यसमा त्यसैले त अखबारका पानाहरुमा लेखकका शव्दले रङ्गीएको हुन्छ खवरदारीको आवाज, गरीव, दुःखीहरुको आवाज, आखिर जनताको आवाज मात्र जनतामा पुग्न सक्यो । तर जति लेखहरु वजार र जनताको घरघरमा पुगेपनि सरोकार वालाहरुको कान खुलेन । देश रोइनै रह्यो । भनिन्छ निदाएकोलाई विउँझाउन सजिलो हुन्छ अरे तर निदाएको भान पार्नेहरुलाई कसले पो व्युँझाउन सक्छ र । इनाम वेचेर इज्जत कमाउनेहरुलाई कुन लेखले छुन सक्ला अनि शन्त, महन्त, साधु भएर अरुको सेवामा जीवन वर्वाद गर्नेहरुको मूल्य छैन यहाँ । हारेकोले जित्ने, जो चोर उसकै ठूलो स्वर, कमजोर नै विद्धावान, अपराधि नै पुरस्कृत हुने रित वसेको समाज र हाम्रो  प्यारो शान्तिको देश, बुद्धको देश, वीरताको देशमा जावो एउटा जीबन धान्न धौ धौ परेको लेखकको लेखले किन परिवर्तन गथ्र्यो र । विलाशीताको महल भित्र बसेकाहरुलाई छुन सक्दैन जनताहरुको चित्कार र कोलाहलले । यी लेखहरुले परिवर्तन त त्यसलाई गर्छ जसको धन छैन भावना, इज्जत, प्रतिष्ठा र मन छ ।
    त्यसैले ए सिद्धान्तकारहरुहो, ए खवरदारीका आवाज बुलन्द गर्न अगाडि सर्नेहरुहो हेर त तिम्रा हालत कति कहलिलाग्दा लेखहरु लेखेपनि टेर्ने वाला कोही छैन् हाम्रो देशमा । आखिर कुवाको भ्यागुतो कुवामै भनेझै भएको छ । तर ईतिहासको जुन सुकै परिवर्तनमा पनि लेखकको भूमिका अहम रहेको ज्युँका त्युँ छ । अव त कलमी आन्दोलन नै गर्नु पर्ला कलमविरहरुले । भनिन्छ तरबार भन्दा कलम वलियो हुन्छ अरे विश्व निरङ्कुश हिटलरले समेत म कसैसँग डराउदैन तर कलम सँग डराउँछु भन्थे । यसले पनि के प्रमाणीत गर्छ भने एउटा सेतो कपीमा सानो कलमले कोरिएको लेख त्यति कमजोर हुँदैन । हाम्रै देशको कुरा गर्नेहो भने पनि भर्खरै राजतन्त्र अन्त्य र गणतन्त्र संस्थागत गर्नको निम्ति पनि मिडीया र          कलमवीरको महत्वपूर्ण भूमिका रहेको कुरा जो सुकैले पनि सहज स्वीकार गर्न पछि पर्दैनन् । देश  संविधान निर्माणको चरणमा छ तर भ्रष्टचारको दागवत्ति दिन सकिएन, गरीव दुःखी निमुखाहरुको वर्षौ देखि चुहिएको छानो छाउँन सकिएन । विदेशका वेल्चा खन्न र ट्वाइलेट सोर्न जानेको हुल रोकीएन शाशन फेरीयो नीति फेरीएन, सरकार फेरीयो थिति फेरीएन, खाम फेरीयो चिठ्ठी फेरीएन त्यसैले परिवर्तनका लागि कवि, लेखकहरुको लेख फेरीयो तर जनताका चित्कार उस्तै रह्यो । देशको हाल वेहाल नै रह्यो, भ्रष्टचार झन मौलाउदै गयो, देशको सिमाना मिच्चिदै गयो, जुन लेखले खवरदारी गरेपनि देशको हाल आखिर उस्तै रह्यो । आखिर किन ?  गाउँ गाउँ टोल टोलमा बस्ने सोझा साझा जनताले मत दिएर पठाएका सभासदहरुले संविधान लेख्ने कार्यमा चासो दिएका छैनन् । त्यसैले लेख केवल लेखमा मात्र सिमित हुँदा सविंधानको न्वारन हुन सकेन, ए संविधान प्यासी, कलमविर, सिद्धान्तकारहरु हो फेरी एक चोटी खवरदारी गर्ने वेला आएको छ । खबरदारीको आवाज बुलन्द गरौ ।

No comments:

Post a Comment