Wednesday, May 4, 2011

माफ गर प्रिय म तिम्रो हुन सकिन

बिश्वास खड्काथोकी
माया के हो कसलाई माया गरिन्छ, माया किन गरिन्छ ? कसले माया गर्न सिकाउछ मायाको परीभाषा कहाँ छ ? यी प्रश्नहरु अचेल मेरो मनको अदालतमा   उभिरहेको हुन्छ । माया दुई आत्माको मिलन हो, कतै सांसारीक सृष्टिकर्ता हो, दुई मुटुलाई एक वनाउने अनि आफुभित्रै रमाउने, जीन्दगिलाई फलाउने फुलाउने, कसैलाई रुवाउने, कसैलाई हँसाउने, छिनछिनमै तड्पाउने कसैलाई कल्पनाको संसारमा डुलाउने यही नै हो माया म सुन्ने गर्दछु । म यो पनि सुन्दछुकी संसार मायामा नै अडेको छ यी सव कुरा मायाको    परीभाषामा पर्छ या पर्दैन मलाई थाहा छैन । वास्तविक मायाको परिभाषा के हो अहँ म वुझ्नै सकिरहेको छैन सायद मायाको परीभाषा मैले कुनै शव्दकोषमा पनि भेट्न सकेको छैन । त्यसैले खै किन किन अचेल प्रिय तिम्रो माया प्रति मलाई घृणा जागेर  आउँछ  ।
    समय स्वार्थी छ त्यहि समयको डोरीले हामीलाई पासो लगाइरहेछ । समयको वेगलाई समातेर जिन्दगीको यात्रा गर्न विर्सने हो भने साँच्चीकै अन्धकारको भुमरी हाम्रो धेरै नजिक छ । समयको परिवर्तन सँगै मानिसको जीवनमा पनि कायापलट वनाउछ भन्ने कुरा अकाट्य छ । समयलार्ई चिन्न सक्नु पर्छ अरे तव मात्र अफ्नो जीवनलाई सफलताको शिखरमा पु¥याउन टेवा मिल्छ अरे सायद यसमा पनि सत्यताको मात्रा प्रचुर छ । त्यसैले समयले परिवर्तनशील कुराको परिवर्तित ज्ञान बोध वनाउदो रहेछ । समयको उर्लदो छाल सँगै मेरो मगजमा पनि मायाको परीभाषा वेग्लै तवरले वसेको छ । प्रिय तिम्ले मलाई अवसरवादीको संज्ञा दिन पनि सक्छौ तर यो सव समयले सृजना गरेको अनि समयको खेल हो ।
    भन्न त भन्छन चुम्वकको विपरीत धुव्र मिलेझै मानिसमा पनि त्यो लागू हुन्छ भनेर तर सवै कुरा एसैको आधारमा परीभाषित हुन्छ भन्नु बेकार हो । जीवन जिउने क्रममा आरोह, अवरोह त एउटा पाटो रैछ भन्छन् सघर्ष नै जिन्दगी हो । म मेरो लागि मात्र होइन हजारौको लागि संघर्षको बाटो तय गर्दै छु, यसमा पनि मैले अफ्नै मायाको परीभाषा गाँसेको छु । मैले देखेको छु र भोगेको पनि एउटा धनी र गरीव विचको खाडल, हुने खाने र हुँदा खानेहरु विचको खाडल आदर्श र व्यवहार विचको खाडल साँच्चै यो खाडलमा म भारीका भारी माटो हालेर टम्मै पार्न चाहान्छु । त्यसैले म आन्दोलनमा छु प्रिया जुन आन्दोलन यहि विभेद निमिट्यान्न पार्नको लागि अगाडी वढीरहेछ म आन्दोलनलाई सफल पार्न कम्मर कसेर लागेको छु जहाँ हजारौको साथ मागेको छु असल विचारको सयांै थुंगा फुलाउने धुनमा, गलत प्रवृत्तिलाई भड्खालोमा हाल्न ।
    माया नगर्ने होइन मेरो मन भित्र मायाले नै राज गरेर वसेको छ प्रिया । माया त पशुले पनि गरेको हुन्छ जो हामी भन्दा अन्जान छ, वैचारिक दुनियाँ भन्दा कति पिधमा छ तर एउटा भैसीले पाडोलाई दुध खुवाएर होस, चरीको बचेरालाई मुसलधारे पानीमा पनि गुंड बनाएर टाढाटाढाबाट एक एक गेडा चारो लिइ खुवाएर किन नहोस माया गरिरहेको हुन्छ के तिमीले देखेका छौ तर म त मानिस हँु । तिम्रो र मेरो मायाको परीभाषा यहाँ निर फरक छ प्रिया तिमी मेरो हात समाएर, मलाई हेरेर बसीराख भन्छौ तर म हजारौलाई माया गर्ने सपना बुनिराखेको हुन्छु, तिमी मेरो आँसुमा आँसु मिलाउ मलाई जीन्दगिभर माया गर भन्छौ तर म लाखौ दुःखीको पींडा निको पार्न मलम पट्टि खोजिरहेको हुन्छु तर तिमी मलाई मात्र हँसाइराख भन्छौ । म हजारौ दुःखीहरुको आँखामा आँसु हेरेर तिम्रो आँसु पुछी वस्न सक्दिन,   हजारौको विलौला चित्कार वेदनालाई पन्छाएर तिमीलाई खुशी वनाउन पनि म सक्दिन । के यो माया होइन, की म सत्य माया गरिरहेको छैन । मायाको यी परीभाषहरु पालेर राखिरहदा तिमीलाई कसरी माया गरु भन त ।
    तिमीले म प्रति देखाएको र मलाई दर्शाएको मायाप्रति एक रत्तिपनि गुणासो छैन प्रिया । मैले सानो मुखबाट तिमीलाई सुझाबको वर्षा गराउनु प¥यो भने माया एउटालाई हँसाउनको लागि होइन सारालाई खुशी वनाउनको निम्ति गर्ने गर, माया पवित्र छ । एउटा संकुचित परिभाषामा कैद गर्नाले साँच्चै यसको न्याय हुन सक्दैन होला । त्यसैले मैले भोगेको र गर्ने भनिएको माया अनि तिम्रो साघुरो घेरामा कैद भएको मायाको कहाँ छ त मिलन विन्दु ? तिमीलाई माया नै गर्दिन भनेर त मैले पनि कहाँ भनेको होर प्रिया तर तिम्लाई मात्र होइन तिमी जस्ता हजारौ लाखौलाई मैले माया गरिरहेको हुन्छु । मत माया गर्ने मान्छे सरक्षण खोजिरहेको छु तिमीलाई पनि अंगाल्न चाहिरहेको छु मायारुपी अगांलोमा । तिम्रो पनि साथ चहिरहेको छु । यानीकि तिमीमा मात्र मेरो माया कैद हुने छैन ।

No comments:

Post a Comment