Wednesday, May 4, 2011

खै के भनौ यहा त एस्तै हुन्छ

-

खै के  भनौ यहा त एस्तै हुन्छ, बोल्न सक्नेहरु बोलि कडकाउछन्  !
जे गरे पनि हुन्छ, यहाँ सक्ति हुनेहरु गोलि पडकाउछन् !!
२, ४ सय नेपालि धनाड्यहरुले नै भित्रि रुपमा सरकार चलाउछन् !
तिनै सामन्ती, फाटाहाहरु  देसका लागि गरेको ढोग फुकाउछन् !!

स्कुलमा फेल भएकाले बोर्डिङमा पढाउँछन् !
इन्डियाको सरटीफिकेट हुनेहरु स्कुलमा पढाउँछन् !!
उतैबाट सरटीफिकेट ल्याएर न्यायालयको न्यायधिस पडकाउछन् !
राम्रो  पढेकाहरुलाई त बिदेसमा भगाउछन् !!
जनताका प्रतिनिधि टोपलिनेहरुले नै बजारभाउ बढाउँछन् !
अपराधगर्नेहरु मन्दिरमा फुल–प्रसाद चढाउँदछन् !!
सोझा साझा जनता पिल्सिदै सधै दस औला चलाउछन् !!!  

No comments:

Post a Comment