Monday, October 24, 2011

तिहारको रहर


चन्द्रश्वर बस्ताकोट, २०६७ कार्तिक ७
बर्ष दिनको तिहारमा आफ्नै घर आउने रहर !
सप्तरंगी टिका अनि मखमलीको माला लाउने रहर !!
संगी-साथी सबैसगै  देउसी र भैलेनि गाउने रहर !!!
ती देउराली-भन्ज्यांग-चौतारी भरी छाउने रहर !!!!
बर्ष दिनको दिपावलीमा आफ्नै घर उज्यालो बनाउने रहर !!!!!!
तर के गर्नु  बिवसताले गर्दा रहर सबै मारिदिय,
के गर्नु परेनी म त ठहरै ठहर !!!!!!!

Tuesday, October 11, 2011

धन्यवाद दिन मन लाग्यो

 चन्द्र बस्ताकोटी 
हाल जोमसोम-८ मुस्तांग 
भित्र भित्रै गुम्सिएका भावहरु  सबै सामु खोल्न मन लाग्यो
सबैसग कुरागर्दा अन्धकार जिन्दगीमा ज्योति छरे जस्तो लाग्यो 
देखावटी यो संसारमा लुकीछिपी कास्कीकोटलाई  माया  गर्न मन लाग्यो
पुर्णिमाको जुन आज धर्तिमा नै  झरी आए  जस्तो लाग्यो
हामिहरु बिचको दुरी फेसबुकले  सारा सारा  मारे जस्तो लाग्यो
सबको दिल कास्कीकोटको फुलबारीमा  सरे जस्तो लाग्यो
जोमसोममा बसेर कास्कीकोटलाई थोरै थोरै माया मैले पनि  गरे  जस्तो लाग्यो
 संसारमा छरियरका सबलाई मिलाउने फेसबुकलाई धन्यवाद दिन मन लाग्यो
२०६८ बैशाख २३ गते बिहान ५ बजे 

Saturday, October 8, 2011

तिहारको अग्रिम सुभकामना

चन्द्रश्वर बस्ताकोटी

कसैलाई दशैँमा कमाउने चाहना
कसैलाई दशैँमा आसिर्बाद लिने र दिने चाहना
कसैलाई दशैँमा कमाउने चाहना
कसैलाई दशैँमा आसिर्बाद लिने र दिने चाहना
कसैलाई टिका लगाउदा कति पाईएला भन्ने भन्ने पिर
कसैलाई टिका लगाउन आउनेलाई के दान दिउ भन्ने पिर
खुसियालीमा दशैँ मनाउनेहरुलाई बधाई
बेखुसीमा दशैँ मनाउनु पर्नेलाई पनि दशैँ मनाएकोमा बधाई
जे भए पनि जस्तो भए पनि तडक भडक गर्नु राम्रो होइन
दशैँ बचाउन मनै देखि दान र हिंशा हटाउनु पर्ने होइन
सस्कार बचाउन अबत हम्मे हम्मे पर्ला जस्तो छ
दशैँ मनाउन अबत गारो पर्ला जस्तो छ
दशैँ गए पछि अब तिहार आउदै छ
तिहार त जुवा होइन पिंग खेलेर मनाउनु छ
अब सबैलाई तिहारको अग्रिम सुभकामना छ .....

Monday, October 3, 2011

यिनका लागि लेख्दा पनि दुख मैले पाए

चन्द्र बस्ताकोटी, कास्कीकोट, कास्की
हाल जोमसोम, मुस्तांग  २०६७ चैत्र २१


सुरु देखि सबइको राम्रो मैले सोचे
उइ बेला देखि सबैले मलाई घोच्न सम्म घोचे
सबइको राम्रो गर्नु कर्तब्य मैले सम्झे
तर मलाई यहाकाले गर्नु सम्म गरे
राम्रो गर्दा नराम्रो गर्ने प्रयास धेरै भए
 उठिबास लगाउछौ भन्नेहरु धेरै भए
उनीहरुको हितको लागि गर्नु सम्म गरे
भ्रस्टाचारको बिरुद्दमा लेखन सम्म लेखे
अजै यिनको बुद्धि कैले आउने
यिनका लागि लेख्दा पनि दुख मैले पाउने

हुन्थ्यो राम्रो

चन्द्र बस्ताकोटी
 हाल जोमसोम, मुस्तांग २०६७ चैत्र १७


रात दिन कच्कच् मैले तिम्रो मात्र पाए
कचकचले सबै मेरो होस्हवास नै गुमाए


मेरो भन्नु तिमि नै हौ के को गाली गर्छ्यौ
एक्दिन म नभयता मरी मरी रुनछ्यौ


अब तिम्ले कचकच छोडे सबै सबै राम्रो
 हेर्दा हेर्दै हुन्थ्यो कति कति उन्नति हाम्रो


हावाहुरीले माया साट्न दियन

चन्द्र बस्ताकोटी, कास्कीकोट, कास्की
हाल जोमसोम, मुस्तांग  २०६७ चैत्र १७

हिड्दा हिडदै उठ्नै सकिन हावाले धकल्यो  ।

चैतमाषको पात्तियको हुरीले  पल्टायो ।।


प्रेम साट्न उखरमाउलो हावाले दियन हजुर ।

धोकेवाज हावाहुरी होत केको उनलाई गाली गर्नु हजुर।।

तिम्रा इच्छा पुरा भए हुन्थ्यो

चन्द्र बस्ताकोटी, कास्कीकोट, कास्की
हाल जोमसोम, मुस्तांग  २०६७ चैत्र १७

बाच्न मलाई रहर छैंन तिम्रा इच्छा पुरा भए हुन्थ्यो
दियौ तिम्ले सराप मलाई छिटो पुरा भए हुन्थो


बाच्न मलाई रहर छैंन तिम्रा इच्छा पुरा भए हुन्थ्यो
बाच्न मलाई रहर छैंन तिम्रा इच्छा पुरा भए हुन्थ्यो


तिम्रा ति तिखा बचन छिटो लागे हुन्थो
जिहि रहन मन छैन मलाई बचन तिम्रा पुरा भए हुन्थो